१७ असार २०८३, बुधबार

बेपत्ता भएका प्रहरी सहायक निरीक्षकको शव चितवनमा भेटियो

असार २४, २०८२
काठमाडौं
बेपत्ता भएका प्रहरी सहायक निरीक्षकको शव चितवनमा भेटियो

 रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ । भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो । 

बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आज साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो । श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेको पुरीले बताए । प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्