३२ असार २०८३, बिहीबार

स्याङ्जामा आधिँ खोलाको जलसतह सतर्कता तह नाघ्यो

असार २५, २०८२
काठमाडौं
स्याङ्जामा आधिँ खोलाको जलसतह सतर्कता तह नाघ्यो

स्याङ्जा जिल्लाको आधिँ खोला बोर्लाङ पुल नजिकको जलमापन केन्द्रमा आज बिहान ६:३५ बजे गरिएको मापन अनुसार खोलाको जलसतह सतर्कता तह पार गरेको छ। यसैगरी अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अविरल वर्षाका कारण खोला आसपासको क्षेत्र जोखिममा पर्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी र यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जलसतहको तीव्र वृद्धि रहिरहेकाले आकस्मिक बाढीको सम्भावनालाई मध्यनजर गर्दै विभागले सावधानीपूर्वक आन्तरिक तयारी र सतर्कता आवश्यक रहेको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्