२३ असार २०८३, मंगलबार

आर्मेनियाको संसद्‌मा सांसदहरूबीच कुटाकुट [भिडियोसहित]

असार २५, २०८२
काठमाडौं
आर्मेनियाको संसद्‌मा सांसदहरूबीच कुटाकुट [भिडियोसहित]

आर्मेनियाको राष्ट्रिय सभा (संसद्) मा सत्तारूढ दल र विपक्षी सांसदहरूबीच कुटाकुट भएको छ । संसदीय उन्मुक्ति र विपक्षी सांसद आर्टुर सार्गस्यानको गिरफ्तारी अन्त्य गर्ने प्रस्तावमा बहस भइरहेको बेला सांसदहरूबीच कुटाकुट भएको हो । 

सत्तारूढ दलले सार्गस्यानमाथि फौजदारी आरोपहरू उल्लेख गरेर उनको सांसद पद समाप्त गर्दै गिरफ्तारी माग गरेको थियो । 

विपक्षीले यो प्रस्तावलाई बदला लिने र विपक्षीको आवाज दबाउने प्रयासबाट प्रेरित भएको बताएका छन् । संसद्को सत्र शुरू हुनेवित्तिकै कुटाकुट शुरू भएको थियो । 

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सांसदहरू एकअर्कालाई मुक्का हानेको र बोतल फ्याँकेको देखिन्छ। यसपछि, सुरक्षा गार्डहरूले हस्तक्षेप गरेर मामिला नियन्त्रण गरेका छन् । घटना मंगलबारको हो । 

२०२० मा अजरबैजान विरुद्धको नागोर्नो-काराबाख युद्धमा आर्मेनियाले पराजय भोग्नुपरेको थियो, जसपछि देशको राजनीतिक अवस्था अस्थिर छ । २०२० मा, अजरबैजानले आर्मेनियामाथि आक्रमण गरेको थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्