०५ असार २०८३, शुक्रबार

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

असार २५, २०८२
काठमाडौं
बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्