१२ असार २०८३, शुक्रबार

गुजरातको महिसागरमा पुल भत्कियो, धेरै सवारी साधन नदीमा खसे

असार २५, २०८२
काठमाडौं
गुजरातको महिसागरमा पुल भत्कियो, धेरै सवारी साधन नदीमा खसे

भारतको गुजरातस्थित आनन्द जिल्लामा बुधबार महिसागर नदीमा रहेको गम्भीरा पुल भत्किएको छ । मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्ने र बडोदरालाई आनन्दसँग जोड्ने पुल भत्किएको हो । 

पुल भत्किँदा धेरै सवारी साधनहरू नदीमा खसेका छन् । घटनाको खबर पाउनेवित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य शुरू गरेको बीबीसी हिन्दीले जनाएको छ ।

अहिलेसम्म तीन जनालाई सुरक्षित रूपमा उद्धार गरिएको र कुनै हताहत भएको आधिकारिक पुष्टि नभएको समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्