१६ असार २०८३, मंगलबार

लाल सागरमा कार्गो जहाजमा आक्रमण, चालक दलका दुई सदस्यको मृत्यु

असार २५, २०८२
काठमाडौं
लाल सागरमा कार्गो जहाजमा आक्रमण, चालक दलका दुई सदस्यको मृत्यु

यमनको तटस्थित लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाजमा आक्रमण हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । 

'अन्तर्राष्ट्रिय समुद्री संगठन'मा लाइबेरियाको प्रतिनिधिले जहाजमाथि भयानक आक्रमण भएको बताएका छन्, जसमा दुई नाविकको मृत्यु भएको हो । 

बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाहरूबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेडबाट जहाज क्षतिग्रस्त भएको जानकारी दिएको बीबीसीले जनाएको छ । आक्रमणपछि जहाज समुद्रमा ढल्किएको थियो।

रोयटर्सका अनुसार, इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू थिए, जसमध्ये ११ जना फिलिपिन्सका र एक जना रुसका हुन् ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्