२३ असार २०८३, मंगलबार

मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी कास्कीमा सवारीसाधनका लागि तालिका निर्धारण

असार २५, २०८२
पाेखरा
मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी कास्कीमा सवारीसाधनका लागि तालिका निर्धारण
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै मनसुनका कारण सम्भाव्य मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आजैदेखि लागू हुनेगरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको हो ।

यसअघि गत सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार समय तालिका निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

सूचनाअनुसार घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक)मा सञ्चालित सवारीसाधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउने उल्लेख गरिएको छ ।

त्यस्तै, साँझ ५ बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने जनाइएको छ ।

काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५ बजेपछि मात्र यात्रा शुरू गर्नसक्ने र साँझ ४ः३० बजेभित्र प्रस्थान विन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको प्रशासनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्