
ताप्लुजुङ, २३ मंसिर— एमाले सचिव तथा ताप्लेजुङ प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् । गत संविधानसभा निर्वाचनमा यागेश काठमाडौंबाट पराजित बनेका थिए ।
यसपटक भने आफ्नै गृहजिल्लाबाट चुनाव लडेका उनी भारी मतान्तरसहित विजयी भएका हुन् ।
एमाले नेता भट्टराई कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई १२हजार ५९१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २९४७९ मत पाउँदा दाहालले १६ हजार ८८८ मत ल्याए ।