
नेपाली कांग्रेसको अनुशासन समितिले २०७९ को चुनावमा आफ्नै उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहितका नेतालाई कारबाही गरेको छ ।
समितिले कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेतलाई एक वर्षसम्म कांग्रेसको सदस्यबाट निष्कासन गरेको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले अनुशासनको कारबाही गरेको हो ।
‘तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेतलाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा,’ अनुशासन समितिको विज्ञप्तिमा उल्लेख छ, ‘निजहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणहरूको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) ( ख) (घ) अनुसार निजहरूलाई १ (एक) वर्ष र धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।’
अनुशासन समितिको मिति २०८२ असार ९ १७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउन लागेको जनाउको छ ।
गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो/भिडियोलगायत अनेकन हत्कण्डाहरू प्रयोग गरिएका प्रमाणका आधारमा तपसिल बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन/निलम्बन गरिएको समितिको भनाइ छ ।
यस्तो छ विज्ञप्ति
