०६ असार २०८३, शनिबार

सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

असार २५, २०८२
काठमाडौं
सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । 

वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरिएको छ । 

यस्तो अवस्थामा अति आवश्यक नपरी हिँडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मूल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्