१२ असार २०८३, शुक्रबार

वैदेशिक रोजगारीका उच्च गन्तव्यमा न्यून पारिश्रमिक

असार २६, २०८२
काठमाडौं
वैदेशिक रोजगारीका उच्च गन्तव्यमा न्यून पारिश्रमिक

 नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन् । मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (युएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन् । 

नेपाली कामदारको पहिलो श्रम गन्तव्य देश युएईले श्रमिकलाई दिने पारिश्रमिक असाध्यै न्यून भएपछि नेपाल सरकारले तोकेको पारिश्रमिक भर्खर कार्यान्वयनमा आएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि दोस्रो संशोधनमार्फत युएईका लागि गत जेठमा तोकेको पारिश्रमिक यही असारको दोस्रो सातादेखि कार्यान्वयनमा आएको जनाइएको हो । 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्म झन्डै दुई लाख नेपाली श्रम स्वीकृति लिएर युएई गएका छन्, जसमा सबैभन्दा धेरै तल्लो तहमा काम गर्ने छन् । उनीहरूको पारिश्रमिक न्यून छ । त्यसकारण सरकारले ती श्रमिकलक्षित  न्यूनतम पारिश्रमिक एक हजार दिराम (३७ हजार १६० रुपियाँ) तोकेको मन्त्रालयले जनाएको छ । त्यसअघि युएईमा काम गर्ने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक आठ सय दिराम (२९ हजार ७२८ रुपियाँ) मात्रै थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्