०९ साउन २०८३, शनिबार

'सम्पर्कविहीन' भनिएका ७ कर्मचारी गुल्मीमा भेटिए

असार २६, २०८२
काठमाडौं
'सम्पर्कविहीन' भनिएका ७ कर्मचारी गुल्मीमा भेटिए

 रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएको भन्दै जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएका सबै व्यक्ति गुल्मीमा सकुशल फेला परेका छन्।

अध्यक्ष ऋषिकेशव बुढा मगरले कर्मचारीहरू गुल्मीमा फेला परेको पुष्टि गरे। “मोबाइल स्विच अफ भएपछि अपहरण हो कि भन्ने शंका लागेर सूचना निकालेको हुँ,” उनले भने।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत २३ गतेसम्म कार्यालयमै थिए भने २४ गते बिहानदेखि सातै जना सम्पर्कविहीन बनेका थिए। “आज बिहान ७:०५ बजे प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा भएको हो। उहाँहरूले आज लिवाङ हुँदै थबाङ फर्किने जानकारी दिनुभएको छ,” अध्यक्षले बिहीबार बिहान जानकारी दिए।

तर, ती कर्मचारी गुल्मी किन गएका थिए भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन। 
 

salt training

कमेन्ट गर्नुहोस्