२३ जेठ २०८३, शनिबार

नेपालले पहिलोपटक सिम्यान्स अभिलेख किताब जारी गर्‍यो, अमित कुमार सिंह पहिलो प्राप्तकर्ता

असार २६, २०८२
काठमाडौं
नेपालले पहिलोपटक सिम्यान्स अभिलेख किताब जारी गर्‍यो, अमित कुमार सिंह पहिलो प्राप्तकर्ता

नेपाली पानीजहाज श्रमिकहरूका लागि महत्वपूर्ण मानिने 'सिम्यान्स अभिलेख किताब' नेपाल सरकारले पहिलोपटक जारी गरेको छ। राहदानी विभागबाट बुधबार जारी गरिएको उक्त पहिलो किताब इलाम निवासी अमित कुमार सिंहलाई प्रदान गरिएको हो।

सिंह हाल डेल्टा कर्प शिप मेनेजमेन्ट कम्पनीमार्फत पानीजहाजमा कार्यरत छन्। उनी नै सरकारी निकायमार्फत आधिकारिक सिम्यान्स अभिलेख किताब प्राप्त गर्ने पहिलो नेपाली बनेका हुन् । 

पानीजहाजमा कार्यरत कर्मचारीले विभिन्न देशमा आउजाउ गर्दा यो दस्तावेज आवश्यक पर्ने भएकाले लामो समयदेखि यसको माग भइरहेको थियो। नेपालले वि.सं. २०७८ देखि विद्युतीय राहदानी जारी गर्न थालेपछि सिम्यान्स किताबको व्यवस्था गरे पनि हालसम्म जारी गरिएको थिएन।

राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले सिंहलाई बधाई दिँदै नेपाल सरकारबाट जारी सिम्यान्स किताबले उनको भविष्यको यात्रामा सहजता ल्याउने विश्वास व्यक्त गरे।

राहदानी विभागले अबदेखि आवश्यक प्रक्रिया पुरा गर्ने अन्य नेपाली नाविकहरूलाई पनि यो अभिलेख किताब उपलब्ध गराइने विज्ञप्तिमार्फत जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्