२४ असार २०८३, बुधबार

नेताहरूमाथिको कारबाही विधानविपरीत भएको शेखर समूहको निष्कर्ष

कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने
असार २६, २०८२
काठमाडौं
नेताहरूमाथिको कारबाही विधानविपरीत भएको शेखर समूहको निष्कर्ष

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले नेताहरूमाथि गरिएको कारबाही विधानविपरीत र एकातर्फी भएको निष्कर्ष निकालेको छ । बिहीबार नेता कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले नेताहरूमाथिको गरिएको कारबाही प्रक्रिया अगाडि नबढाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने निर्णय गरेको हो । 

बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले समूहका नेताहरूको बैठक बसेको थियो । बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर, हिजो समितिका संयोजक आनन्द छलफल नै नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएको बताएका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतमलगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए । 

समितिले गत निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै केही नेतालाई कारबाही गरेको थियो । 

कारबाही पर्नेहरूमा पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापति, जिल्ला पूर्व सभापति समेत छन् ।

salt training

कमेन्ट गर्नुहोस्