२४ जेठ २०८३, आइतबार

क्याप्टेन रामेश्वर थापाको बायोपिक बन्ने

असार २६, २०८२
काठमाडौं
क्याप्टेन रामेश्वर थापाको बायोपिक बन्ने

क्याप्टेन रामेश्वर थापाको बायोपिक बन्ने भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा क्याप्टेन थापाको बायोपिक बन्ने भएको हो । 

फिल्मको नाम ‘क्याप्टेन साब’ राखिएको छ । गौरीघाटमा स्क्रिप्ट पूजा गर्दै बिहीबार फिल्मको औपचारिक घोषणा गरिएको हो ।

‘क्याप्टेन साब’ भदौको पहिलो साताबाट काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन हुने निर्माण टीमले जनाएको छ । 

थापा सञ्चार उद्यमी पनि हुन् । बायोपिकमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहने छ । बायोपिकको  निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित रहेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्