
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख, प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव पुरस्कृत भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले डीएसपी उमाशंकर यादवलाई पुरस्कृत गरेको हो । संगठनले दिएको जिम्मेवारी इमान्दारी, बफादारी एवं कर्तव्यनिष्ट रही पूरा गरेको भन्दै उनी पुरस्कृत भएका हुन् ।
अपराध अनुसन्धान, शान्ति सुरक्षा, तस्करी नियन्त्रण एवं नागरिकलाई जागरूक बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन र व्यवस्थापकीय कार्यमा उत्कृष्ट एवं उल्लेखनीय कार्य गरेकोले उनलाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।