बाँकेको डुडुवा गाउँपालिका-३ हलबलडोलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर ४० वर्षीय राधे खटिकको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका-२१ बिर्तास्थित आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।