
काठमाडौं, २३ मंसिर - प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश प्रदेश नम्बर ७ का अधिकांश क्षेत्रमा वाम गठबन्धनको अग्रता कायम रहेको छ ।
अहिलेसम्मको नतिजाअनुसार प्रदेश नम्बर ७ मा ३ सिट एमालेले जितिसकेको छ ।
भने अधिकांश स्थानमा वामगठबन्धनको उम्मेद्वारले अग्रता कायमै राखेका छन् । जसमध्ये ६ स्थानमा माओवादी केन्द्र अगाडि रहेको छ भने २ स्थानमा एमाले अगाडि छ । अहिलेसम्म नेपाली काँग्रेसको अग्रता प्रधानमन्त्री देउवाले जोगाइरहेका छन् । डडेल्धुराबाट उम्मेद्वार रहेका देउवा माओवादी केन्द्रका खगराज भट्ट भन्दा दोब्बर मतले अगाडि छन् ।
प्रदेश नम्बर ७ मा पहिलो चरणमा चुनाव सम्पन्न भएका ४ जिल्लामा मध्ये बझाङ र बाजुरामा भने अन्तिम मतपरिणाम सार्वजनिक हुँदा दुर्व जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका उम्मेद्वार विजयी भइसकेका छन् ।
पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ७ नम्बर प्रदेशका ३ जिल्ला दार्चुला, बझाङ र बाजुराको अन्तीम परिणाम सार्वजनीक भएको छ । ती जिल्लाका प्रतिनिधीसभा र प्रदेशसभाका सबै सिट बाम गठबन्धनको पक्षमा परेका छन् । त्यस्तै पहिलो चरणमै निर्वाचन भएको बैतडीको प्रदेश सभा क र ख को नतिजा पनि बामको पक्षमा आएको छ । जसअनुसार ७ नम्बर प्रदेशका प्रतिनिधीसभाका १६ मध्ये ३ सिट र प्रदेशसभाका ३२ मध्ये ६ सिट बाम गठबन्धन आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
कुन जिल्लामा कसले जित्यो ? हेर्नुस सुचीसहित
दार्चुला
प्रतिनिधीसभा सदस्य – गणेशसिह ठगुन्ना
प्रदेशसभा क – गेल्वु सिह बोहरा
प्रदेशसभा ख – मान वहादुर धामी
बझाङ
प्रतिनिधीसभा सदस्य –भैरव बहादुर सिह
प्रदेशसभा क – अर्जुन वहादुर थापा
प्रदेशसभा ख – देवकी मल्ल थापा
बाजुरा
प्रतिनिधीसभा सदस्य – वामगठबन्धनका लालबहादुर थापा
प्रदेशसभा क – वामगठबन्धनका बलदेव रेग्मी
प्रदेशसभा ख – वामगठबन्धनका प्रकाश बहादुर शाह
बैतडी गणना जारी बैतडीमा पनि वामगठबन्धनले अग्रता कायम राखेको छ । बैतडीका दुईवटै प्रदेशसमा वामगठबन्धनका प्रेमप्रकास भट्ट र लिलाधर भट्ट अगाडि रहेका छन् ।
यसैगरी कञ्चनपूर ३ वटै निर्पाचन क्षेत्रमा वाम गठबन्धनले नै अग्रता कायम राखेको छ । कैलालीका ६ वटै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेद्वारले अग्रता रहेको छ ।
डोटी र अछामका सबै क्षेत्रमा पनि वामगठबन्धनको अग्रता कायम रहेको छ ।