२३ असार २०८३, मंगलबार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार २६, २०८२
काठमाडौं
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

शुक्लाफाँटा नगरपालका-१ तल्लो चौराहमा बेलौरीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको सुपप्र.०२-००१ ख ९२९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्