२० असार २०८३, शनिबार

राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

असार २७, २०८२
काठमाडौं
राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक एवं वरिष्ठ राजनीतिज्ञ पशुपति शम्शेर जबराको ८४औँ जन्मोत्सवका अवसरमा जनसम्मान गरिएको छ । 

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा राप्रपासहित विभिन्न ८४ वटा सङ्घसंस्थाका तर्फबाट उनलाई सम्मान गरिएको हो ।
 
सो अवसरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपाली समाज, राजनीति र पूर्वाधार विकासमा पुराना राजनीतिज्ञ जबराले खेलेको भूमिकाबारे चर्चा गरे । राप्रपाका पूर्वअध्यक्षसमेत रहका जबराको जन्म विसं १९९८ वैशाख २५ गते विजयशम्शेर जबरा र सरलादेवी राणाको सुपुत्रका रूपमा भएको थियो ।

तत्कालीन गृह पञ्चायत मन्त्रालयको सहसचिवबाट जागिरे जीवन प्रारम्भ गरेका जबरासँग राष्ट्र बैंकको निर्देशक, राष्ट्रिय पञ्चायत र प्रतिनिधिसभा सदस्य तथा मुलुकको यातायात, पर्यटन, स्थानीय विकास, अर्थ, परराष्ट्र, जलस्रोत, शिक्षालगायत महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । 

salt training

कमेन्ट गर्नुहोस्