२८ जेठ २०८३, बिहीबार

नेसनल प्याब्सन र केयूको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम

असार २८, २०८२
काठमाडौं
नेसनल प्याब्सन र केयूको संयुक्त आयोजनामा एआई प्रशिक्षक प्रशिक्षण कार्यक्रम

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा कक्षा ५ देखि १० सम्मका शिक्षक/शिक्षिकाका लागि कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा आधारित एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम भएको छ ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन् । उनले २१औं शताब्दीको शिक्षालाई प्रविधि मैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै यसका लागि एआई जस्तो विषयमा शिक्षकहरूलाई दक्ष बनाउन यस्ता तालिम महत्त्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्ण बहादुर शाहीले शिक्षाको गुणस्तर अभिवृद्धिमा नीतिगत रूपमा प्रष्ट मार्गचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै एआई पाठ्यक्रम त्यसैको एउटा सशक्त आधार रहेको बताए ।

प्रमुख वक्ता तथा प्रशिक्षक प्रा.डा.सुदन झाले पाठ्यक्रम विकासको पृष्ठभूमि र संरचना प्रस्तुत गर्दै शिक्षकहरूले एआईलाई डराउने विषय नभई सहायक औजारको रूपमा बुझ्नुपर्ने धारणा राखे । उनले भने, ‘सन्तुलित रूपले यसको प्रयोग गर्न सके शिक्षामा नयाँ क्रान्ति सम्भव छ ।’

कार्यक्रममा आईएनजी ग्रुपका सीईओ सुलभ बुढाथोकीले शिक्षा क्षेत्रमा एआईको प्रयोग र सम्भावनामाथि विशेष मन्तव्य राख्दै शिक्षकहरू एआई प्रयोगमा सशक्त भए मात्र हामीले भविष्यका लागि तयार विद्यार्थी उत्पादन गर्न सक्ने बताए ।

तालिममा सहभागी शिक्षकका तर्फबाट द एक्सेलसियर स्कूल, काठमाडौंका शिक्षक प्रतीक सुवेदीले एआई जस्तो जटिल विषयलाई सरल र व्यवहारिक तरिकाले सिकाइको माध्यम बनाइदिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्