
काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी सुरेन्द्र तिवारीलाई पराजित गर्दै विजयी हासिल गरेका हुन्।
शनिबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, सहसचिवमा अनिता शर्मा र कोषाध्यक्षमा प्रमिला कायस्थ निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ सम्झना केसी र तुलसा खरेल निर्वाचित भएका छन् भने खुला सदस्यमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल, तुल्सीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, रामबहादुर शाही र सरोज सिलवाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।