
एयर इन्डियाको अहमदाबाद–लण्डन उडान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन दुर्घटनाको एक महिनापछि, शनिबार सार्वजनिक गरिएको छ ।
यो एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआईबी)को प्रतिवेदनले दुर्घटनाअघि केही मिनेट र सेकेन्डभित्र के भयो भन्ने बारेमा महत्त्वपूर्ण विवरण दिएको छ ।
यस दुर्घटनामा विमानमा सवार २४२ मध्ये २४१ जनाको मृत्यु भएको थियो । तर, यो प्रतिवेदनले केही रहस्यहरू खोतलेको छ ।
यहाँ प्रतिवेदनले दिएको उत्तर र अझै खुल्न बाँकी प्रश्नहरू प्रस्तुत गरिएको छः
दुर्घटनाको कारण के थियो?
दुवै इञ्जिनका इन्धन स्विचहरू उडान शुरू भएको करिब तीन सेकेन्डपछि ‘RUN’ बाट ‘CUTOFF’ स्थितिमा पुगे, एक सेकेन्डको अन्तरमा ।
यसले दुवै इञ्जिनमा इन्धन आपूर्ति रोकियो, जसले इञ्जिन बन्द भइ शक्ति र लिफ्ट दुवै गुम्यो । तर, स्विचहरू कसरी आफैं सरे भन्नेबारे प्रतिवेदनले निष्कर्ष दिएको छैन ।
कुन सम्भावित कारणहरू अस्वीकार गरिए?
पाइलट दोषी थिए त?
अहिलेसम्म पक्का छैन । ककपिटको आवाज रेकर्ड अनुसार एक पाइलटले अर्कोलाई सोधे, ‘तिमीले इन्धन किन काट्यौ ?’ जवाफमा अर्का पाइलटले भने, ‘मैले काटेको होइन ।’
यसबाट अनुमान गर्न सकिन्छ कि इन्धन काटिनु जानाजानी नभई अनायासै भएको हुन सक्छ ।
ककपिटमा के भयो?
उडानकै बेला फर्स्ट अफिसर क्लाइभ कुन्दर विमान उडाइरहेका थिए भने कप्तान सुमीत सभरवाल निगरानी गरिरहेका थिए। उनीहरूबीचको संवाद संक्षेपमा यस्तो थियो-
एउटा पाइलटले अर्कालाई सोध्छन्, ‘तिमीले इन्धन किन काट्यौ ?’
जवाफ आउँछ, ‘मैले काटेको होइन ।’
पाइलटहरूले विमान बचाउन सक्थे ?
पाइलटहरूले अन्तिम क्षणसम्म विमान बचाउने प्रयास गरे । इन्धन बन्द भएको १०–१४ सेकेन्डभित्रै दुवै स्विच पुनः ‘RUN’ मा राखियो । तर, विमानलाई उचाइ र समयको अभावले इञ्जिनहरू पुनः स्टार्ट हुन सकेनन् ।
जेट इञ्जिन पुनः शुरू गर्न केही मिनेट र उच्च उचाइ आवश्यक हुन्छ ।
स्विचबारे सन् २०१८ को चेतावनी के थियो ?
सन् २०१८ मा अमेरिकी एफएए (Federal Aviation Administration) ले इन्धन नियन्त्रण स्विचको लकिङ मेकानिजमबारे सूचना जारी गरेको थियो ।
यो लक प्रणालीले स्विच अनायासै नचलून् भनेर बनाइएको हो । लक नलाग्दा स्विच कम्पन, छोइएका कारण वा अन्य कारकले सजिलै सर्न सक्थे ।
तर, एफएएले यो अनिवार्य नभई सुझाव मात्र दिएको थियो- नियमित जाँच गरियोस् भनेर।
अब के हुन्छ ?
यो प्रारम्भिक प्रतिवेदनको निष्कर्ष अझै बदलिन सक्ने सम्भावना छ । एएआईबीले भनेको छ, ‘यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ ।’
दुर्घटनाको अन्तिम कारण पत्ता लगाउने प्रतिवेदन आउन केही महिना वा वर्ष पनि लाग्न सक्ने हिन्दुस्तान टाइम्सले लेखेको छ ।