०७ असार २०८३, आइतबार

झोलुङ्गे पुल निर्माण गरेपछि स्थानीय खुुसी

असार २९, २०८२
म्याग्दी
झोलुङ्गे पुल निर्माण गरेपछि स्थानीय खुुसी

धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । 

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि –६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिए । 

“मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधि छोटिएको छ”, उनले भने, “अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्यचौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुुपर्नेमा पुल बनेपछि यात्राअवधि १५ मिनेटमा छोटिएको छ ।”

उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका–२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । अठार महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए । 

स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका–३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुईवटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या चारवटा झोलुुङ्गे पुल छवटा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्