१८ असार २०८३, बिहीबार

आज कहाँ-कहाँको नदीमा बाढीको सम्भावना ?

असार २९, २०८२
काठमाडौं
आज कहाँ-कहाँको नदीमा बाढीको सम्भावना ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक तथा ती आसपासका जिल्लामा बहने साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

स्थानीय बासिन्दा, नदी आसपासका बस्ती र नदी तटीय क्षेत्रमा सवारी आवागमन, माछा मार्ने, बालुवा गिट्टी उत्खनन जस्ता क्रियाकलाप गर्दा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्