०१ असार २०८३, सोमबार
मन्त्रीको घुस डिल संसद्‌मा

७८ लाख घुस प्रकरणबारे संसद्‌मा उठ्यो प्रश्न– मन्त्री गुप्ता र अधिकारीबारे छानबिन माग

असार २९, २०८२
काठमाडौं
७८ लाख घुस प्रकरणबारे संसद्‌मा उठ्यो प्रश्न– मन्त्री गुप्ता र अधिकारीबारे छानबिन माग

घुस डिल गरेको अडियो बाहिर आएर विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको सम्बन्धमा छानबिन गर्न संसद्‌मा आवाज उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले दुई जना मन्त्रीको नाम जोडिएको गम्भीर भ्रष्टाचार मुद्दाको छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

‘केही पत्रपत्रिका र सामाजिक सञ्जालमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा ७८ लाख घुस डिल गरेको घटना बाहिर आएको छ,’ सांसद सुवेदीले भनिन्, ‘यसमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको समेत नाम मुछिएको छ । गम्भीर भ्रष्टाचार मुद्दामा दुई जना मन्त्रीको नाम मुछिँदा सरकार मौन छ । भ्रष्टाचारीको मुख हेर्दिनँ भनेर सुशासनको नारा लगाउने प्रधानमन्त्री के गर्दै हुनुहुन्छ ? यो प्रकरणको सत्य तथ्य छानबिन र दाषीमाथि कारबाहीका लागि माग गर्दछु ।’

गत २०७१ फागुनमा रेकर्ड गरिएको भनिएको सो कुराकानीको रेकर्ड केही दिनअघि बाहिरिएको थियो ।

मन्त्री गुप्ताले घुस बार्गेनिङ गरेको अडियोबारे बाहिर विभिन्न टीकाटिप्पणी भइरहेका छन् । मन्त्री गुप्ताले भने सो अडियो एआई प्रयोग गरेर बनाइएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्