१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीले उद्‌घाटन गरे हुलाकी राजमार्गको रतुवा पुल

असार २९, २०८२
काठमाडौं
प्रधानमन्त्रीले उद्‌घाटन गरे हुलाकी राजमार्गको रतुवा पुल

प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्‌घाटन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्‌घाटन गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिँचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गरे । 

उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमूना काम गर्न स्थानीय तहलाई आग्रह गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्