
काठमाडौं जिल्ला अदालतमा सिभिल सहकारीका पीडितहरूको भिड लागेको छ ।
२२१ जना पीडितलाई बकपत्रका लागि एकैदिन बोलाइएपछि अदालतमा भिड बढेको हो ।
१ हजार ५५३ जना बचतकर्ताको ५ अर्ब ५८ करोड रुपैयाँ ठगी गरी संगठित अपराध गरेको भन्दै सिभिल सहकारीका सञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जना प्रतिवादीविरुद्ध दायर भएको मुद्दामा २२१ जना साक्षीलाई बकपत्रका लागि अदालतले आइतबार बोलाएको हो ।
‘आज अदालतले हामी २२१ जनालाई बकपत्रका लागि बोलाएको थियो,’ अदालतमा उपस्थित एक साक्षीले लोकान्तरसँग भने, ‘दैनिक ८ देखि १० जना साक्षीलाई बकपत्र गराउने तथा साउन महिनासम्म बकपत्र सकाउने भनेर अदालत प्रशासनले समय विभाजन गरेको छ ।’

साक्षी बकपत्रका लागि एकै दिन २२१ जना अदालत पुग्दा भिड बढेको हो । उनीहरू मध्ये अधिकांश वृद्धवृद्धा छन् ।
बकपत्रका लागि पुगेका केही व्यक्ति अदालत प्रवेशद्वारको भर्याङमा बसेर टोलाइरहेका छन् ।