
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले आज आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयक आवश्यक अध्ययनपछि प्रमाणीकरण गरिएको प्रदेशप्रमुखका प्रमुख स्वकीय सचिव सावीर अलीले जानकारी दिए ।