१० असार २०८३, बुधबार

सुनसरीमा गोली प्रहार गरी भिनाजुले गरे सालीको हत्या

असार ३०, २०८२
काठमाडौं
सुनसरीमा गोली प्रहार गरी भिनाजुले गरे सालीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका-६ मा गोली प्रहारगरी एक किशोरीको हत्या भएको छ । हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब २ बजेतिर गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी योगराज खतिवडाले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार  किशोरीलाई उनकै भिनाजु आजाद मिया जटले गोली प्रहार गरेको देखिएको छ । 

भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट किशोरीको घटनास्थलमै मृत्यु भएको उनले बताए । 

घटनापछि मिया फरार छन् । उनी भारततिर भागेको आशंका छ । घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्छ ।

फरार भएका मियाको खोजी भइरहेको खतिवडाले बताए । गोली प्रहारको कारण खुलिनसकेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्