
नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले एक वर्षमा सरकारले सुधारको प्रयास गरेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकारले बनेको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा उनले सुधारका सुस्पष्ट परिणाम देखिएको बताएका हुन् ।
एक वर्षमा ओरालो यात्रा पनि रोकिएको उनको भनाइ छ । ‘पार्टी अध्यक्ष नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिंदैछन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकता, उपलब्धि र भावी कार्यदिशाबारे धारणा सार्वजनिक गरेका थिए ।
उनले आफ्नो आधिकारिक फेसबुकमार्फत् आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिन थालेको उल्लेख गरेका छन् ।
साथै, राष्ट्रिय गौरवका आयोजनाहरूको कामले गति लिएको तथा समयसीमा तोकेर काम गर्ने र नतिजामुखी अभ्यास शुरू भएको ओलीको भनाइ छ ।