२३ असार २०८३, मंगलबार
अडियो प्रकरण

प्रधानमन्त्रीसँग छलफल गरेर फर्किए मन्त्री गुप्ता– मन्त्रालय गएनन्, दुवै मोबाइल अफ

असार ३०, २०८२
काठमाडौं
प्रधानमन्त्रीसँग छलफल गरेर फर्किए मन्त्री गुप्ता– मन्त्रालय गएनन्, दुवै मोबाइल अफ

घुस प्रकरणमा विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीले बोलाएपछि मन्त्री गुप्ता सोमबार बिहान बालुवाटार गएका थिए ।

प्रधानमन्त्री ओलीसँग छलफल गरेर उनी बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट फर्केपछि मन्त्रीले दुईवटै मोबाइल अफ गरेका छन् ।

गुप्ताले प्रयोग गर्ने ९८५१२ ... ५५१, ९८५५० ... ५५१ नम्बरका दुवै मोबाइल अफ छन् । घुस प्रकरणको अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले ‘एक्सन’ लिने तयारी गरेका छन् ।

मन्त्री गुप्ता सोमबार मन्त्रालय गएका छैनन् । मन्त्रालयका एक अधिकारीले साढे १२ बजेसम्म मन्त्री मन्त्रालयमा नआएको लोकान्तरलाई जानकारी दिए ।

यसअघि मन्त्री गुप्ताले आफूलाई भेट्न आउने मान्छेले नै मन्त्री क्वार्टरमा पैसा छाडेर गएको प्रधानमन्त्रीलाई फोनमा बताएका थिए ।

गुप्ता कास्की मालपोत कार्यालयका प्रमुख र भूमि आयोगका अध्यक्ष नियुक्तिका लागि चलखेल गरेर घुस लिएकोसम्बन्धी अडियो बाहिर आएपछि विवादमा तानिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्