जाजरकोटमा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार बिहान विद्युत् लाइन जडान गर्ने क्रममा नलगाड नगरपालिका-७ का १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।
जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका अनुसार चन्दको शव पोष्टमार्टमका लागि नलगाड नगर अस्पतालमा राखिएको छ ।