०३ साउन २०८३, आइतबार

मन्त्रिपरिषद्पछि बालुवाटारमा एमाले-कांग्रेस-जसपाको बैठक

असार ३०, २०८२
काठमाडौं
मन्त्रिपरिषद्पछि बालुवाटारमा एमाले-कांग्रेस-जसपाको बैठक

मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ करिब एक घण्टा बसेर बैठक सकिएको हो । 

मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो भन्ने जानकारी दिइएको छ । 

बरु मन्त्रिपरिषद् बैठकपछि सत्तारूढ दल नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालका शीर्ष नेताहरूको बैठक बालुवाटारमै बसिरहेको छ । 

बैठकमा घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका विषयमा छलफल हुने बताइएको छ । 

सोमबार बिहान मात्र प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटार बोलाएर मन्त्री गुप्तासँग सोधखोज गरेका थिए ।

एमालेका केन्द्रीय सदस्य एवं सांसद समेत रहेका गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्