१९ असार २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठकको निर्णय

बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

असार ३०, २०८२
काठमाडौं
बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले फर्जी कागजात पेश गरी पद प्राप्त गरेको आरोपमा नेपाल सरकार मन्त्रिपरिषद्ले छानबिन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिले ओझाले कामै नगरेको पदमा कार्य अनुभव रहेको भनी पेश गरेको प्रमाणपत्रबारे छानबिन गर्ने एक मन्त्रीले लोकान्तरलाई बताए ।

बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त हुँदैखेरि उनले पेश गरेको अनुभव प्रमाणपत्र झुटो रहेको आरोप लाग्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्