
चितवनको माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ । यही साता माडीको वडा नम्बर १, २ र ४ मा सङ्क्रमण देखिएको छ ।
नगरपालिकाका पशु विकास अधिकृत डा रवीन बस्ताकोटीका अनुसार सङ्क्रमित कुकुरले अन्य कुकुर र पशु चौपायालाई टोकेको हो । उनले भने, “माडी नगरपालिका सधैँ रेबिजको जोखिममा छ ।”
रेबिज लागेको कुकुरले २५ वटा पशु चौपायालाई टोकेको उनले जानकारी दिए । सङ्क्रमणका कारण दुईवटा पशु मरेका छन् । एउटा बाख्रा र एउटा पाडी रेबिजका कारण मरेको उनले बताए । त्यसैगरी तीन जनालाई टोकेर औषधोपचार गरिएको छ ।
रेबिज नियन्त्रणका लागि माडी नगरपालिकाको पशु सेवा कार्यालयले काम गरिरहेको भए पनि नियन्त्रण गर्न कठिन भएको बस्ताकोटीले बताए ।