
मोरङ २३ मंसिर– नेपाली कांग्रेसको गढ मानिएको मोरङ ६ मा नेकपा एमालेका लालबावु पण्डित विजयी भएपछि वामपन्थी गठबन्धनले विजय जुलुस निकाल्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालालाई ६ सय ७५ मतअन्तरले पराजीतगर्दै पण्डित विजयी भएका थिए । ३३ हजार ९ सय ४१ मत पाउदा कोइरालाले ३३ हजार २ सय ६६ मत पाए ।