२९ जेठ २०८३, शुक्रबार

गलवान झडपपछि पहिलोपटक भारतीय विदेशमन्त्री जयशंकरले भेटे चिनियाँ राष्ट्रपति शी

असार ३१, २०८२
काठमाडौं
गलवान झडपपछि पहिलोपटक भारतीय विदेशमन्त्री जयशंकरले भेटे चिनियाँ राष्ट्रपति शी

भारतका विदेश मन्त्री एस. जयशंकरले भारत–चीन द्विपक्षीय सम्बन्धमा हालै भएका विकासबारे चीनका राष्ट्रपति शी जिनपिङलाई जानकारी गराएको बताएका छन् ।

शंघाई सहयोग संगठन (एससीओ) सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँगै मंगलबार एस. जयशंकरले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग भेट गरेका हुन् ।

भेटपछि समाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'आज बिहान बेइजिङमा राष्ट्रपति शी जिनपिङलाई एससीओका अन्य विदेशमन्त्रीहरूका साथ भेट गरेँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश पनि हस्तान्तरण गरें ।'

एस. जयशंकरले दुई देशबीचको पछिल्लो द्विपक्षीय सम्बन्धको अवस्थाबारे शी जिनपिङलाई जानकारी गराएको र उनीहरूको मार्गदर्शनलाई महत्वपूर्ण मानेको बताएका छन् ।

जयशंकर सोमबार दुईदिने भ्रमणका लागि चीन पुगेका थिए । सन् २०२० को जुनमा गलवान उपत्यकामा भएको भारत–चीनबीचको सैन्य झडपपछि उनको यो पहिलो चीन भ्रमण हो । 

सो झडपपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिएको थियो । जयशंकर एससीओको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन बेइजिङ पुगेका हुन् ।

कमेन्ट गर्नुहोस्