
अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ । दुर्घटनामा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको माईआर्कलामिस डटकम अनलाइनले जनाएको छ ।
समाचारअनुसार दुवै जना नेपालका नागरिक भनिए पनि उनीहरूको नेपालको ठेगाना खुलेको छैन ।
प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । कारमा ओलीसहित अरू दुई जना पनि थिए ।
कारमा सवार अन्य दुई जना भने घाइते भएको समाचारमा उल्लेख छ । उनीहरूको उपचार भइरहेको छ ।
लुइसियाना टेक युनिभर्सिटीले पनि दुर्घटनाबारे विज्ञप्ति जारी गरेको छ ।