०६ असार २०८३, शनिबार

नवजात शिशु र आमाको हेलिकप्टरमार्फत उद्धार

असार ३१, २०८२
रुकुम पश्चिम
नवजात शिशु र आमाको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज बिहान गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो ।

नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमा र बच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्