२७ असार २०८३, शनिबार

गृहले गर्‍यो पाँच सहसचिवको सरुवा : अध्यागमन विभागमा तिवारी, एयरपोर्टमा घिमिरे

असार ३१, २०८२
काठमाडौं
गृहले गर्‍यो पाँच सहसचिवको सरुवा : अध्यागमन विभागमा तिवारी, एयरपोर्टमा घिमिरे

गृह मन्त्रालयले पाँच जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । 

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई सरुवा गरेका छन् । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका छन् । 

भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईविरुद्ध आयोगले छानबिन अघि बढाएपछि त्यहाँ तत्कालका लागि सहसचिव विष्णु प्रसाद कोइरालालाई पठाइएको थियो । कोइरालालाई गृहमै सरुवा गरिएको छ । 

त्यसैगरी, अध्यागमन विभागका महानिर्देशक गोविन्द प्रसाद रिजालको पनि सरुवा भएको छ । उनलाई गृहमै सरुवा गरिएको छ । 

गृहका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमनको महानिर्देशक बनाएर पठाइएको छ । सहसचिवमा बढुवा भएकी कल्पना श्रेष्ठलाई खोटाङको सीडीओमा पदस्थापन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्