१२ असार २०८३, शुक्रबार

घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

असार ३१, २०८२
बाग्लुङ
घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

बागलुङको निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पाका ५० वर्षीय कमल विकको आज दिउँसो भिरबाट लडेर मृत्यु भएको हो ।

कपासे भिरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–४ अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए। विक भिरबाट करिब पाँच सय मिटर तल खसेको उनको भनाइ छ । 

विक भिरबाट लडेपछि उहाँसँगै गएका साथी रामबहादुर घर्तीले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थलमा पुगेर उद्धार गर्दा मृत्यु भइसको अध्यक्ष पौडेलको भनाइ छ । भिरबाट लड्नुभएका विकको स्थानीयको खोजी कार्यपछि फेला परेको उनले बताए ।

अध्यक्ष पौडेलले भने, “धेरै अग्लो ठाउँबाट लड्नु भएको रहेछ, लडेको थाहा पाउँदा साथ गाउँलेहरू सबै गएर खोजी गर्‍यौँ, खोजी गर्दा लडेको ठाउँबाट धेरै तल शव फेला पर्‍यो ।” 

salt training

कमेन्ट गर्नुहोस्