
काठमाडौं क्षेत्र नम्बर पाँचको मतगणना स्थगित भएको छ ।
मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नमिलेको भन्दै विवाद भएको छ । विवाद भएसँगै नेपाली कांग्रेसले मतगणना बहिष्कार गरेको हो ।
कांग्रेसले मतदान अधिकृत सम्पर्क अधिकृत सम्पर्कमा नरहेको र एमालेले मात्र आफ्ना प्रतिनिधि राखेर मतगणना गरेको भन्दै गणना बहिष्कार गरेको जनाएको छ ।
उक्त क्षेत्रमा एमालेका महासचिव इश्वर पोखरेलले ४०९० र प्रकाशशरण महत २२६१ मतका साथ प्रतिस्पर्धामा छन् ।