
दाङ २३ मंसिर– नेकपा एमालेका स्थायी समितिका सदस्य शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ क बाट विजयी भएका छन् । प्रदेश नम्बर ५ को मुख्यमन्त्रीका दावेदार रहेका पोखरेल २० हजार ७ सय २३ मत सहित विजयी भएका हुन् ।
पोखरेलका निकटतम प्रतिद्वन्दी कमल किशोर घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले अग्रता लिएका छन् ।
पोखरेल विजय भएपछि वामगठबन्धनले दाङमा विजय जुलुस निकालेका छन् ।