१५ असार २०८३, सोमबार

नागरिक प्रत्यक्ष लाभान्वित नहुँदासम्म योजनाको प्रभावकारिता पुष्टि हुँदैन-  पूर्वराष्ट्रपति भण्डारी​

असार ३२, २०८२
काठमाडौं
नागरिक प्रत्यक्ष लाभान्वित नहुँदासम्म योजनाको प्रभावकारिता पुष्टि हुँदैन-  पूर्वराष्ट्रपति भण्डारी​

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकहरू प्रत्यक्षरूपमा लाभान्वित नहुँदासम्म योजनाको प्रभावकारिता पुष्टि नहुने बताएकी छिन् ।

बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना कार्यक्रममा उनले भनिन्, 'योजनाको प्रभावकारिता त्यसबेला मात्रै पुष्टि हुन्छ, जब नागरिकले त्यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन् ।'

विश्वमा बढ्दो तापक्रमको अवस्थाले सृजना गरेको जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न गम्भीर बन्नुपर्ने उनले बताइन् ।

जलवायु परिवर्तनका असरलाई सन्तुलनमा राख्नका लागि भइरहेका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्