सप्तरीमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका-४ मुखिया टोल बस्ने कुशेसर मुखियाको छोरा १४ वर्षीय सोमनाथको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।