०८ साउन २०८३, शुक्रबार

बीपी राजमार्गमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात चलाउन नपाइने

साउन १, २०८२
काठमाडौं
बीपी राजमार्गमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात चलाउन नपाइने

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आज (साउन १ गते)देखि साउन मसान्तसम्म रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  

मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको जिप्रका काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । 

यसअघि असार ६ गते काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो। 

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । अहिले अस्थायी रूपमा सडक मर्मत गरेर यातायात सञ्चालन भैरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्