१२ साउन २०८३, मंगलबार

हर्क सम्पाङ नेतृत्वको धरानसहित ११ नगर बजेट ल्याउन असफल [सूचीसहित]

साउन १, २०८२
काठमाडौं
हर्क सम्पाङ नेतृत्वको धरानसहित ११ नगर बजेट ल्याउन असफल [सूचीसहित]

नेपाल नगरपालिका संघका अनुसार देशभरका २९३ वटा महानगर, उपमहानगर र नगरपालिकामध्ये ११ नगरले आर्थिक वर्ष २०८२/८३ का लागि आषाढ मसान्तसम्म पनि बजेट पेश गर्न सकेनन् ।

समयमै बजेट प्रस्तुत गर्न असफल नगरपालिकामध्ये हर्क सम्पाङ नेतृत्वको धरान समेत रहेको छ । 
सामान्यत: हरेक स्थानीय तहले आषाढ १० गतेभित्र नगरसभामा नीति, कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसपछि आषाढ मसान्तभित्र सो बजेट पारित गरिनुपर्ने प्रावधान छ। तर विभिन्न प्रशासनिक र राजनीतिक कारणले गर्दा यी नगरपालिकाहरूले समयमै बजेट प्रस्तुत गर्न नसकेका हुन्।

मधेश प्रदेशका सिराहा नगरपालिका, नगराइन, कमला, हंसपुर, डाक्नेश्वरी, राजविराज, औरही, देवाही गोनाही, फतुवा बिजयपुर र निजगढ नगरपालिकाले समेत बजेट ल्याउन सकेनन्।

नेपाल नगरपालिका संघले समयमै बजेट पेश नगरेकोमा चिन्ता व्यक्त गर्दै ती नगरपालिकाहरूलाई यथाशीघ्र नगरसभा सञ्चालन गरेर कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। 
 देशभरका २८२ नगरपालिकाले आषाढ मसान्तभित्र बजेट पेश गरे जुन कुल नगरपालिकाको ९६ प्रतिशत हो। 

null
 

salt training

कमेन्ट गर्नुहोस्