
काठमाडौंको कलंकी-नयाँ बसपार्क सडक खण्डको सितापाइलामा एउटा ट्रक दुर्घटना भएको छ ।
सीतापाइलाबाट स्यम्भू जाने बाटोमा ट्रक दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्रक सडक छेउमा खसेको छ ।

सडक किनारमा खसेको ट्रक अहिले क्रेन प्रयोग गरेर निकाल्ने काम भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
