
मोरङ २३ मंसिर– पटक पटक चुनाव जितेका नेपाली कांग्रेसका प्रभावशाली नेताहरु पराजित भइरहँदा प्रदेश नम्बर १ मा मीनेन्द्र रिजालले कांग्रेसको इज्जत जोगाएका छन् । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला चुनाव लड्ने गरेको मोरङ २ बाट मीनेन्द्रले चुनाव जितेका हुन् ।
यसअघि कहिल्यै चुनाव नहारेका एमालेका ऋषिकेश पोखरेललाई यसअघि कहिल्यै चुनाव नलडेका रिजालले हराएका हुन् । रिजालले २८ हजार ७ सय ६८ मत पाउँदा पोखरेलले २७ हजार २ सय ६७ मत पाए ।
यसअघि मोरङबाट पटक पटक चुनाव जितेका डा शेखर कोइराला, महेश आचार्य जस्ता नेताहरु पराजित भएपनि रिजालले कांग्रेसको इतिहास जोडिएको विराटनगरमा कोइरालाको विसारत जोगाउने जिम्मा पाएका छन् ।